अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४५ | Colorodo: 14:00

भर्जिनियाका अरुण रुपाखेती र रुपाखेती परिवारद्वारा डिसी सप्ताहमा सर्वाधिक ५५ हजार डलर दान

विजय थापा २०७६ असार ३० गते २२:३८ मा प्रकाशित

डिसी । अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिलमा बस्दै आएका समाजसेवी अरुण रुपाखेती र परिवारले डिसी मेट्रो सप्ताहमा पचपन्न हजार पॉच सय पचपन्न डलर र पचपन्न सेन्ट दान गरेका छन् ।

गत जुन २२ देखि जुन २९ सम्म सम्पन्न डिसी मेट्रो सप्ताह २०१९ का संयोजक समेत रहेका रुपाखेतीले पचपन्न हजार पॉच सय पचपन्न डलर र पचपन्न सेन्ट दान गर्दै उक्त सप्ताहमा सर्वाधिक ठुलो दान गर्ने दानवीर भएका छन् । उनले उक्त रकमको घोषणा सँगै संस्थापक संरक्षक बनेका छन् । ४० हजार डलरको सदस्यता बने पछि मात्र संस्थापक संरक्षक भइन्छ । रुपाखेती अनेसास डिसी शाखा र अन्य सङ्घ/ संस्था सँग आबद्ध छन् ।

झन्डै दुई दशक देखि डिसी मेट्रो महानगर क्षेत्रमा बस्दै अन्य सामाजिक संस्थामा आबद्ध रुपाखेती डिसी नेपाली समाजका संस्थापक अध्यक्ष पनि हुन् । उनले विदेशी माटोमा परम्परा ,संस्कृतिको संवर्द्धन र जगेर्ना गर्न डिसी नेपाली समाजको स्थापना गरेका छन् । उक्त मुनाफा रहित संस्था मार्फत झन्डै १० वर्ष देखि हजारौँ नेपाली समुदायहरूलाई निःशुल्क जनै पूर्णिमामा क्वाँटी,जनै र दसैँमा जमरा वितरण गर्दै आई रहेका छन् ।

डिसी महानगर क्षेत्रमा सामुदायिक केन्द्र बनाउनु पर्छ भन्दै पुराण मार्फत यो सम्भव छ भन्ने मध्ये कै एक परिकल्पनाकार रुपाखेती हुन् । यसको लागि उनी र आफ्ना परिवार अहोरात्र खटिई सबैको अथक प्रयास र मेहनतको कारण अमेरिकामा भएका सप्ताह मध्ये सर्वाधिक ठुलो रकम २० लाख ३४ हजार डलर सङ्कलन भएको थियो । जुन अमेरिकाको नेपाली समुदायको इतिहासमा यति ठुलो सहभागिता र ज्यादा रकम नगद मात्र १० लाख डलर उठ्न सफल भएको थियो ।

डिसी मेट्रो सप्ताहको लागि नेपाल बाट वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल आएका थिए भने रुपाखेती कै घरमा पण्डित पोखरेल सप्ताह सम्म बसेका थिए । रुपाखेती दम्पत्ति ,२ छोराहरू ,बुबा आमा र छोरी समेतको कूल मिलाएर रुपाखेती परिवारले पचपन्न हजार पॉच सय पचपन्न डलर र पचपन्न सेन्ट दान गरेका हुन् । उक्त दान डिसी मेट्रो सप्ताहको अन्तिम दिन जुन २९ मा आफ्ना परिवारको साथ सबैको अगाडी दान दिने घोषणा गरेका थिए ।

उनले आफू चिकित्सक ,अभियन्ता र ठुलो पदमा काम गर्ने नभई घण्टा हान्ने काम गरेता पनि मन भएर दान गरेको बताएका थिए । उनले घोषणा गर्ने बित्तिकै उनलाई काँधमा हालेर पुराण स्थलमा घुमाइएको थियो । 

प्रतिक्रिया