अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०८ | Colorodo: 20:23

अमेरिकामा भारत्तोलक रूप कार्कीलाई स्वर्ण पदक प्राप्त, कार्की अक्टोबरमा आयरल्यान्ड जाने तयारीमा

विजय थापा २०७६ असार ३० गते २२:३० मा प्रकाशित

डिसी । अमेरिकाको डिसी महानगर क्षेत्र बसोबास गर्दै आएका भारत्तोलक रूप कार्कीलाई स्वर्ण पदक प्राप्त भएको छ । उनलाई भर्जिनियामा आयोजना भएको युएसपिएलमा आफ्नो वजन र वर्गमा स्वर्ण पदक प्राप्त भएको हो । गत जुलाई १३ का दिन ५० -५४ वर्ष उमेर समूह र २२० पाउन्ड वजनमा उनलाई प्रथम पुरस्कार प्राप्त भएको हो ।

उक्त स्वर्ण पदक प्राप्त सँगै उनी आगामी अक्टोबरमा आयरल्याण्डमा हुने आइपिएल प्रतियोगिताको लागि हुने पूर्व योग्यता (प्रि क्वालिफाई )भएका छन् । यो पूर्व योग्यता प्राप्त भए पछि मात्र आईपीएललको प्रतिस्प्रद्धामा प्रतियोगीको रूपमा जान पाइन्छ । उनी यसमा योग्य भए पछि अब आयरल्याण्डको लागि तयारीमा जुटेका छन् ।

स्मरण रहोस् ,भारत्तोलक कार्कीले ४४-४९ वर्ष उमेर र २२० पाउन्ड वजन समूहमा गत वर्ष सन् २०१७ मा सम्पन्न एटलान्टामा भएको युएसपीएल प्रतियोगितामा उनले स्वर्ण पदक समेत जिती सकेका छन् । अमेरिकाको एटलान्टामा सम्पन्न भएको प्रतियोगिता नै यस वर्ष आयरल्याण्डमा हुने छ ।

कार्की ड्रग टेस्टेड (कृतिम रूपमा शारीरिक बल वृद्धि गर्न ओखती प्रयोग नगर्ने विधि ) खेलाडी हुन् भने उनी २०१९ को आइपिएल प्रतियोगितामा ड्रग टेस्टेडको रूपमा आयरल्यान्ड जाने छन् ।

नेपाल भैरहवा स्थायी घर भएका रूप कार्की अमेरिका आए देखि नै भारोत्तोलनको नियमित प्रशिक्षणमा व्यस्त छन् । अमेरिकाको अति व्यस्त दैनिकीबाट समय निकालेर उनी विभिन्न प्रतियोगिताहरूमा सहभागी हुने गरेका छन् । उनले थुप्रै पदक प्राप्त गरी सकेका छन् भने कार्की अन्तर्राष्ट्रिय ख्याति प्राप्त भारत्तोलक हुन् ।

यसै गरी उनका सुपुत्र रुपेश कार्की पनि भारत्तोलक हुन् । आफ्नो वर्गमा स्वर्ण पदक विजेता समेत रहेका रुपेश बाबुको बिँडो थाम्दै बाबुलाई यहाँ सम्म पुर्‍याउन अहम भूमिका निर्वाह गर्दै सहयोग र हौसला दिँदै आई रहेका छन् । 

प्रतिक्रिया