अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०० | Colorodo: 22:15

मिजौरीमा आदिकवि भानुभक्त आचार्यको २०६ औँ जन्म जयन्ती सम्पन्न

बिआरटीनेपाल २०७६ असार ३० गते १०:३२ मा प्रकाशित

सेन्ट लुइस मिजौरी, अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मिजौरी च्याप्टरको आयोजनामा आदिकवि भानुभक्त आचार्यको २०६ औँ जन्म जयन्तीको अवसरमा सेन्ट लुइसमा भव्य साहित्यिक कार्यक्रममा साथ भानु -जयन्ती सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा सभापतित्व मिजौरी च्याप्टरकी अध्यक्ष उर्मिला निर्दोषीले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन च्याप्टरको सचिव सदन पोखरेलले गर्नु भएको थियो । कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण, दीप ज्योति प्जवलन र राष्ट्रिय गानबाट सुरुवात भएको थियो ।

उक्त कार्यक्रममा सहभागी स्रष्टाहरूद्वारा आफ्ना भानुभक्त सम्बन्धी रचना वाचन, कवि डा. बर्दी अधिकारी, च्याप्टरका सलॉहाकार कवि बलराम पन्थी र मिजौरी च्याप्टरकी अध्यक्ष उर्मिला निर्दोषीले छुट्टाछुट्टै आदिकवि भानुभक्त आचार्यको जीवनी, वॉहाको नेपाली भाषामाथिको योगदान र वॉहालाई सबैले सम्झी वॉहाको कृतिहरूको प्रकाशन गर्नू पर्ने आवश्यकता बारे बताउनुभयो ।

त्यसै गरी, उक्त कार्यक्रममा रामायण सम्बन्धी लघु नाटक देखाएर आदिकवि भानुभक्तलाई पुन सम्झिएको थियो ।

उक्त कार्यक्रममा श्वागद गर्दै मिजौरी च्याप्टरकी अध्यक्ष कवयित्री उर्मिला निर्दोषीले आदिकवि भानुभक्त आचार्यको आभा स्वदेशमा मात्र नभएर भारतको विभिन्न ठाऊहरमा पनि भएको वॉहाको घाँसीबाट पाप्त बीलक्षणता हामी सबले मनन गर्न र गर्व गर्न लायक छ भन्नु हुँदै सभा बीस्रजन पछि अध्यक्ष उर्मिला निर्दोषीले सहभागी सबैलाई जलपान समारोहमा सामेल हुन अनुरोध गर्नु भयो । 

प्रतिक्रिया