अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३४ | Colorodo: 09:49

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करिब १६ करोड घोटाला, पूर्वउपकूलपतिसहित आठजनाविरुद्ध अख्तियारमा मुद्दा

बिआरटीनेपाल २०७६ असार ३० गते ९:३८ मा प्रकाशित

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करिब १६ करोड घोटाला भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

तत्कालीन उपकुलपति बलभद्र प्रसाद दाससहित आठजनाविरुद्ध आरोपपत्र दायर भएको छ । सोमबार अख्तियारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपतिदेखि अन्य नेतृत्व तहका कर्मचारीहरुको संलग्नतामा विभिन्न विषयमा व्यापक अनियमितता भएको दाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

प्रतिष्ठानका तत्कालीन उपकुलपति बलभद्र प्रसाद दास (विपि दास), तत्कालीन अस्पतालका निर्देशक अरविन्द कुमार सिन्हा, तत्कालीन रजिष्टार नन्दकुमार थापा र रजिष्टार तुलबहादुर श्रेष्ठविरुद्ध रिट दायर भएको हो । उनीहरुले स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विभिन्न मितिमा भएका वस्तु तथा सेवाको खरिद गर्दा बोलपत्र सम्बन्धी कागजमा उल्लेखित प्राविधिक ’स्पेशिफिकेशन’ र सोही कागजमा संलग्न खरिद सम्झौताका शर्त अनुरूप बोलपत्र सारभूत रूपमा प्रभावग्राही भए वा नभएको स्पष्ट खुलाउनु पर्ने व्यवस्था उल्लंघन गरेको अख्तियारको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू