अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३८ | Colorodo: 08:53

जल वायु परिवर्तनको नकारात्मक असर कम गर्ने सरकारको योजना – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७६ असार ३० गते ९:३० मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनले पारेको नकारात्मक असरलाई न्यूनिकरण गर्न जनतालाई सशक्त बनाउँदै लैजाने सरकारको योजना रहेको बताउनुभएको छ । जलवायु परिवर्तनका कारण विश्व अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावलाई न्यूनिकरण गर्न विश्वस्तरमा सहकार्यको आवश्यक्ता रहेको पनि ओलीले बताउनुभयो ।

सोमबारदेखि काठमाडौँमा सुरु भएको जलवायु परिवर्तनसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले विकसित राष्ट्रहरुको कार्बन उत्सर्जनका कारण अतिकम विकसित राष्ट्रहरु पनि जलवायु परिवर्तनको मारमा परेको बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपालले आगामी मार्च महिनामा जलवायु परिवर्तन सम्बन्धि विश्वस्तरीय ‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना गर्ने उल्लेख गर्दै त्यसमा सहभागी हुन पनि वैज्ञानिकहरुलाई आग्रह समेत गर्नुभएको छ ।

सम्मेलनमा जलवायु परिवर्तनले पारेका नकारात्मक असर न्यूनिकरणसम्बन्धि ठोस योजना तय गर्ने प्रधानमन्त्री ओलीको भनाई छ । कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनले पारेका नकारात्मक असरलाई न्यूनिकरण गर्न पर्वतीय मुलुकहरुले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

वन तथा वातवरण मन्त्रालय र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड) को संयुक्त आयोजनामा शुरु भएको सो सम्मेलनमा जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत हिन्दुकुश हिमालय क्षेत्रका नीति, निर्माता तथा अनुसन्धानकर्मीहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू