अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१९ | Colorodo: 06:34

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक – नियमावली केन्द्रित छलफल

बिआरटीनेपाल २०७६ असार २९ गते १०:०० मा प्रकाशित

नेपाली कांग्रेसले पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकमा नियमावलीमा मात्रै केन्द्रित भएर छलफल भइरहेको जनाएको छ । पार्टीको आसन्न महाधिवेशनलगायतका विषयमा पनि छलफल भइरहेको समाचार विभिन्न समाचार माध्यममा आएपछि नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बैठक नियमावली संशोधन मस्यौदा समितिले पेश गरेको प्रतिवेदनमाथिको छलफलमा मात्रै केन्द्रित रहेको प्रष्ट्याउनु भएको हो ।

एजेन्डा पारित भएपछि मात्रै अन्य १३ वटा एजेन्डामा छलफल शुरु हुने पनि शर्माको भनाइ छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबारको बैठकमा केन्द्रीय सदस्यहरुले भातृ संगठनलाई नियन्त्रणमा राख्ने गरी नियमावलीमा प्रावधान आएको भन्दै आपत्ति जनाएका छन् । प्रवक्ता शर्माले बैठकमा केन्द्रीय सदस्य बद्री पाण्डे, शिव हुँमागाई, वीरबहादुर बलायर लगायतका नेताहरुले नियमावलीका विषयमा केन्द्रित भएर आफ्नो धारणा राख्नुभएको बताउनुभयो ।

असार २२ गतेबाट शुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको लेवी, पार्टीको सदस्यता नविकरण तथा वितरण, पार्टीको राष्ट्रिय जागरण अभियानको पहिलो चरणको कार्यक्रमको समिक्षा, केन्द्रीय अनुशासन समिति, नीति तथा प्रतिष्ठान समितिको कार्यप्रगति विवरणसहित देशका समसामयिक परिस्थितिका बारेमा छलफल हुने नेपाली कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू