अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०१ | Colorodo: 05:16

मन्त्रीपरिषद् बैठकको निर्णय– बाढीपहिरो पीडितलाई तत्काल राहत वितरण गर्ने, पुर्नस्थापनाको काम अघि बढाउने

बिआरटीनेपाल २०७६ असार २९ गते ९:५० मा प्रकाशित

सरकारले अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानका पीडितलाई तत्काल राहत उपलब्ध गराउने र पुर्नस्थापनाको काम अगाडि बढाउने निर्णय गरेको छ । पछिल्लो प्राकृतिक प्रकोपमा ६० जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । यस्तै ३३ जना बेपत्ता भएको र झण्डै १२ सय जनालाई उद्धार गरि सुरक्षित स्थानमा सारिएको सरकारले जनाएको छ ।

बाढी, पहिरो र डुवानको समस्या देखिएको चार दिनपछि आइतबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषदको बैठकले पीडितलाई राहत वितरणको काममा कुनै कसर नराख्ने निर्णय गर्दै त्यसका लागि काम अघि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

राहत वितरणका क्रममा सरकारको राहत कोषबाट रकम कम भए आफूले थपेर भएपनि पनि राहत वितरण छिटो र चुस्त बनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सुचना प्रबिधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले वर्षाका कारण भत्केका पुलहरु बनाउने निर्णय गरेको छ ।

बैठकले बाढी, पहिरो र डुवानले पुर्याएको क्षतिबारे तथ्याङ्क संकलन गरी पीडितको पुर्नस्थापनाकोे तयारीमा लाग्न पनि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू