अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१८ | Colorodo: 02:33

भोलि देखि देशव्यापी धरपकड सुरु

ट्रम्प प्रशासनले कम्तीमा २ हजार कागजातविहीनलाई फिर्ता पठाउने

बिआरटीनेपाल २०७६ असार २८ गते १९:३२ मा प्रकाशित

ट्रम्प प्रशासनले कम्तीमा २ हजार कागजातविहीनलाई फिर्ता पठाउने

एजेन्सी । ट्रम्प प्रशासनले कागजातविहिन हजारौँ आप्रवासी फिर्ता पठाउन धरपकपड सुरु गर्ने भएको छ । धरपकड आइतबारदेखि सुरु हुने अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । धरपकडसम्बन्धी विस्तृत विवरण आएको छैन । तर, अध्यागमनका अधिकारीहरूको विरोधका कारण धरपकडसम्बन्धी योजना आंशिक रूपमा स्थगन गरिएको छ । धरपकड राष्ट्रपति डोनाल्ड ट्रम्पको इसारामा हुन लागेको हो ।

इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइसिई) ले धरपकड गर्नेछ । धरपकड थुप्रै दिन चल्ने जनाइएको छ । धरपकडस्थलमा उपस्थित तर फिर्ता पठाइने सूचीमा नरहेका अन्य आप्रवासी पनि गिरफ्तारी र थुनामा पर्न सक्ने जनाइएको छ । सँगै धरपकडमा परेका परिवारलाई टेक्सस र पेन्सिलभेनियास्थित डिटेन्सन सेन्टरमा राखिने छ । त्यहाँ नअटाएका परिवारलाई ट्राभल डकुमेन्ट तयार नभएसम्म होटेलमा राखिने छ । कागजात विहीन आप्रवासीलाई छिटोभन्दा छिटो फिर्ता पठाउने आइसिईको लक्ष्य छ ।

डिपोर्टेसन अर्डर जारी भएपछि पनि गैरकानुनी रूपमा अमेरिका बसिरहेका र अदालतमा उपस्थित नभएको कम्तीमा २ हजार आप्रवासीलाई गिरफ्तार गर्ने आइसिईका अधिकारीहरूको लक्ष्य छ । उनीहरूलाई गिरफ्तार गर्न कम्तीमा १० मुख्य सहरमा धरपकड अभियान चलाइने छ । धरपकडको सूचीमा हालै सीमा पार गरी अमेरिका छिरेका परिवार पनि छन् । उनीहरूलाई गत फेब्रुवरीमा आइसिईको कार्यालयमा सम्पर्क गर्न र अमेरिका छाड्न सूचित गरिएको थियो ।

आइसिईका प्रवक्ता म्याथ्यु बोर्कले सुरक्षा अधिकारीहरूको सुरक्षाको कारण देखाउँदै धरपकड योजनाबारे प्रतिक्रिया नदिने भन्ने वक्तव्य बुधवार जारी गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू