अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१९ | Colorodo: 03:34

अफगानिस्तान झडप– २६ तालिवान मारिए

बिआरटीनेपाल २०७६ असार २८ गते ७:५० मा प्रकाशित

अफगानिस्तानको उत्तरी प्रान्तहरु तखार र जावजानमा सुरक्षा अधिकारी र आतङ्काकारीबीच भएको झडपमा कम्तीमा २६ आतङ्ककारी मारिएका सरकारी स्रोतले जनाएको छ । तालिबानसमर्थक लडाकूको एक समूहले जावजान प्रान्तको कार्कीन जिल्ला कब्जा गर्ने क्रममा शुक्रबार अबेर राति भीषण आक्रमण गरेका थिए । उक्त आक्रमणको क्रममा सुरक्षा अधिकारीले गरेको जवाफी कारबाहीमा कम्तीमा २० लडाकू मारिएका छन् ।

मारिएका ती लडाकूहरुमा केही स्थानीय नेताहरु समेत रहेका र दुई स्थानीय नेता घाइते भएका सो प्रान्तको सेनाका प्रवक्ता मोहमद हानीफ रेजले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ । तखार प्रान्तको कार्कीन जिल्लामा कब्जा गर्नको लागि लामो समयदेखि तालिबान लडाकू समूहले सघर्षरत रहेका छन् । तर यस पटक सरकारी सुरक्षाबलले गरेको कडा प्रतिकारको कारण तालिबान सफल हुन नसकेको सुरक्षा स्रोतले जनाएको छ । यद्यपी यस झडपको क्रममा एक सुरक्षा अधिकारी मारिनुको साथै अन्य दुई घाइते भएका थिए ।

तखार प्रान्तको नमाकाब जिल्लामा पनि छ तालिबान लडाकू मारिनुको साथै तीन घाइते भएका प्रेश अधिकारी गुलाम हज्रात कारिमीले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । झडपको क्रममा केही तालिबान आतङ्ककारी पक्राउ परेका छन् । यस झडप र सुरक्षा कारबाहीको विषयमा अफगान सरकारसँग युद्धरत तालिबान लडाकु समूहले केही टिप्पणी गरेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू