अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५५ | Colorodo: 12:10

कोशीमा पानीको बहाव ३ लाख क्युसेक बढी, ४० ढोका खोलिए

बिआरटीनेपाल २०७६ असार २८ गते ७:१४ मा प्रकाशित

लगातार परेको पानीले सप्तकोशीमा पानीको बहाव शनिबार अपरान्ह तीन लाख नाघेको छ । पहाडी क्षेत्रमा पानी पर्न नरोकिएपछि बहाव उच्च भएको हो। अपरान्ह ४ बजेको मापनअनुसार कोशीमा पानीको बहाव ३ लाख ७ हजार ६ सय ५७ क्यूसेक पुगेको कोशी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक इश्वरी दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले ५६ ढोकामध्ये ४० ढोका खोलिएका छन् । वर्षा निरन्तर जारी रहेकाले सप्तकोशीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ ।

यसैबीच प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले कोशी ब्यारेज तथा सुनसरीका बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ । सो क्षेत्रमा आवश्यक सतर्कता अपनाउने र उद्धार तथा राहतमा जुट्ने बिषयमा मन्त्री कार्की सहित सुनसरी प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख सहितको बैठक बसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू