अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४८ | Colorodo: 02:03

बाढी, पहिरो तथा डुबान प्रभावितहरुकाे उद्धारमा खटिन पार्टी पंक्तिलाई कांग्रेसकाे निर्देशन

बिआरटीनेपाल २०७६ असार २८ गते १:५३ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबार रातिदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबान प्रभावितहरुकाे उद्धारमा खटिन पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।

नेपाली कांग्रेसको  केन्द्रीय कार्यमसमिति बैठकले मुलुकभरमा कतिपय नागरिकको घरखेत नष्ट भएको, विभिन्न स्थानमा मूख्य राजमार्ग अवरोध भएको, आम जनजीवन अस्तव्यस्त भएको तथा कैयौं नागरिकको जीउधन र भौतिक पूर्वाधार समेत जोखिममा परेको गम्भीर परिस्थितिलाई ध्यानमा राखी आवश्यक उद्धारका कार्यमा सक्रियतापूर्वक लाग्न पार्टीपंक्तिलाई परिचालित हुन निर्देशन जारी गरेको हो ।

केन्द्रीय कार्यसमितिको अर्को बैठक २०७६ असार २९ गते आइतबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेसमेत जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू