अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५६ | Colorodo: 05:11

विमानस्थलमा औषधी थन्किदा डोल्पामा विरामीको विचल्ली

बिआरटीनेपाल २०७६ असार २८ गते १:४७ मा प्रकाशित

कर्णाली प्रदेशको दुर्गम डोल्पामा लैजाने लाखौँ मूल्यको औषधि करीब सातादेखि नेपालगञ्ज विमानस्थलमा थन्किएको छ । नेपालगञ्जबाट जुफालका लागि हवाई उडान अवरुद्ध भएका कारण उक्त औषधि नेपालगञ्जमै थन्किएको हो ।विमानस्थलमा थन्किएपछि अहिले डोल्पा अस्पतालमा सिटामोलको समेत अभाव देखिएको अस्पतालले जनाएको छ ।

जुफाल विमानस्थल चार दिनदेखि नखुलेकोले नेपालगञ्जदेखि जुफाल उडान हुन नसकेको नेपालगञ्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुर बताउनुभयो । मौसममा खराबी आएर जहाजले उडान भर्न नसकेपछि बिमानस्थल बन्द भएको उहाँले बताउनुभयो । दुई सातादेखि अस्पतालमा ३० जनाभन्दा धेरै बिरामी भर्ना गरिएका छन् ।

औषधि अभाव हुन थालेपछि माथिल्लो निकायमा माग गरिएको औषधि नेपालगञ्जमै थन्किएको निमित्त अस्पताल प्रमुख डा सिजन रावलले बताउनुभयो । मौज्जात औषधि सकिँदै गएको अस्पतालले जनाएको छ ।

विमानस्थलमा चार दिनदेखि बाक्लो हुस्सुले ढाकेको छ । दैनिक उडानको आसमा बसेका यात्रुसमेत मर्कामा परेका छन् । मौसममा खराबी आएपछि नेपालगन्जबाट उडान भर्दै आएका तारा, गोमा, नेपाल एयरलाइन्सलगायतका सरकारी तथा निजी विमान कम्पनीले उडान भर्न नसकेको समिट एयरका स्टेशन इञ्चार्ज पूर्णजङ्ग शाहीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू