अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०८ | Colorodo: 15:23

बाढी पहिरोपीडितको उद्धार तथा राहतमा जुटन नेकपाका नेता कार्यकर्तालाई अध्यक्षद्धय ओली/प्रचण्डको निर्देशन

बिआरटीनेपाल २०७६ असार २८ गते १:१७ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बाढी पहिरोपीडितको उद्धार तथा राहत कार्यमा सक्रियतापुर्वक लाग्न पार्टीका सवै नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।

बिहीवारदेखि लगातार आएको अबिरल बर्षाका कारण मुलुकभर धनजनको क्षती बढेपछि नेकपाले आफ्ना सवै नेता कार्यकर्तालाई राहत तथा उद्धार कार्यमा जुटन निर्देशन दिएको हो । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आज एक बिज्ञप्ती जारी गरी बाढी पहिरोबाट भएको जनधनको क्षतीप्रति गहिरो दुःख प्रकट गर्दै नेता कार्यकर्तालाई उद्धार तथा राहतमा जुट्न निर्देशन दिनुभएको हो ।

‘पीडितहरुको उद्धार र राहत कार्यमा सरकारका तर्फबाट आवश्यक पहल भइरहेकै छ । हामी हाम्रो पार्टीका सवै तहका कमिटी, नेता कार्यकर्ता र जनसंगठनहरुलाई पनि उद्धार र राहत कार्यमा सक्रियतापुर्वक जुटन निर्देशित गर्दछौं,’ अध्यक्षद्वय ओली र प्रचण्डले बिज्ञप्तीमा भनिएको । अबिरल बर्षाका कारण सिर्जित क्षतीप्रति दुवै नेताले दुःख समेत ब्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू