अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१० | Colorodo: 09:25

पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासबाट हराएको शिशु स्याङ्जाको मिर्मीमा भेटियो

बिआरटीनेपाल २०७६ असार २८ गते ०:४९ मा प्रकाशित

पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासबाट शुक्रबार दिउँसो हराएको शिशु स्याङ्जाको मिर्मीमा भेटिएको छ । जैपते इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक तेजबहादुर चौधरीका अनुसार गल्याङ नगरपालिका–५ मोहनडाँडा घर भई कालिगण्डकी ‘ए’ जलविद्युत केन्द्रमा करार रुपमा काम गर्दै आएकी अन्दाजी ३६ वर्षीय विमला भन्ने विमकला पाण्डेकाे डेरामा भेटिएकाे छ ।

सहायक प्रहरी निरीक्षक चौधरीका अनुसार पाण्डेले बच्चा ल्याएको भन्ने हल्ला चलेपछि आफूहरुले खोजतलास गर्ने क्रममा मिर्मी पुगेकापछि हराएको बच्चा भेटिएको हो । तनसेन नगरपालिका–९ की जमुना रानाको नवजात शिशु अस्पतालबाटै शुक्रबार हराएपछि प्रहरीले हिजोदेखि नै खोजतलासलाई तीब्र पारेको थियो ।

हराएको शिशु र महिलालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू