अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३७ | Colorodo: 22:52

नेपालद्वारा मलेसिया ७ विकेटले पराजित

बिआरटीनेपाल २०७६ असार २८ गते ०:२९ मा प्रकाशित

नेपालले मलेसियालाई पहिलो टि–ट्वेन्टी म्याचमा ७ विकेटले पराजित गरेको छ । शनिबार बिहान भएको खेलमा मलेसियाले नेपालसामू १२९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा कप्तान पारश खड्काको शानदार ब्याटिङको मद्दतमा नेपालले १८ ओभर ३ बलमा लक्ष्य हासिल गरेको हो ।

नेपालका लागि कप्तान खड्काले अविजित ८६ रन बनाए । ५० बल सामना गरेका उनले ८ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै शरद भेषवाकरले अविजित रहँदै १६ रन बनाए ।त्यसअघि मलेसियाले निर्धा्रित २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो ।

मलेसियाका लागि विरानदीप सिंहले सर्वाधिक ५७ रन बनाएका थिए । त्यस्तै, अहमेद फैजले ४५ र फित्री शामले १२ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि करन केसीले चार ओभर बलिङ गर्दै २७ रन दिएर तीन विकेट हात पारे । त्यस्तै सन्दीप लामिछाने र बसन्त रेग्मीले दुई/दुई विकेट लिए भने सोमपाल कामीले एक विकेट हासिल गरे ।

जितसँगै दुईवटा टि–ट्वेन्टी म्याचको शृंखलामा नेपालले १–० को अग्रता बनाएको छ

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू