अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०६ | Colorodo: 14:21

फेसबुक- क्याम्ब्रिज एनालिटिका स्क्याण्डल,‘फेसबुकमाथि पाँच अर्ब अमेरिकी डलर जरिवाना’

बिआरटीनेपाल २०७६ असार २७ गते २३:५९ मा प्रकाशित

सामाजिक सञ्जालले अहिलेसम्मकै उच्च पाँच अर्ब अमेरिकी डलर जरिवाना तिर्नु पर्ने भएको छ । प्रयोगकर्ताको व्यक्तिगत विवरण राजनीतिक वास्र्थका लागि अवैध रुपमा प्रयोग भएको सम्बन्धमा अनुसन्धान गरिरहेको अमेरिकी निकायले फेसबुकलाई पाँच अर्ब अमेरिकी डलर जरिवाना तिर्नु पर्ने निर्णय गरेको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

अमेरिकीकाको द फेडेरल ट्रेड कमिसन (एफटिसी) ले फेसबुकका ८ करोड ७० लाख भन्दा बढी प्रयोगकर्ताको जानकारी राजनीतिक परामर्शदाता क्याम्ब्रिज एनालिटिकाले अवैध रुपमा प्राप्त गरी निहित राजनीतिक स्वार्थका लागि प्रयोग गरेको सम्बन्धमा अनुसन्धान गरिरहेको छ । फेसबुकलाई पाँच अर्ब अमेरिकी डलर जरिवाना तिराउने सम्बन्धी प्रस्ताव एफटिसीमा ३–२ भोटले पारित भएको स्रोतलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यस सम्बन्धमा फेसबुक र एफटिसीले कुनै प्रतिक्रिया दिन नचाहेको बिबिसीले उल्लेख गरेको छ ।

एफटिसीले सन् २०१८ को मार्चमा अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानको क्रममा फेसबुकले सन् २०११ मा भएको सम्झौता उल्लंघन गरे या नगरेको सम्बन्धमा हेरिएको जनाइएको छ । सो सम्झौता अनुसार कुनै पनि प्रयोगकर्ताको व्यक्तिगत जानकारी प्रयोग गर्नका लागि सम्बन्धित प्रयोगकर्तालाई जानकारी गराउनु पर्ने र त्यसका लागि सहमति लिनु पर्ने व्यवस्था छ ।

एफटिसीमा फेसबुकका प्रयोगकर्ताको जानकारी अवैध रुपमा प्रयोग भएको सम्बन्धी विषयको अनुसन्धानलाई पाँच अर्ब अमेरिकी डलर तिराएर अन्त्य गर्ने प्रस्तावमा सदस्यबिच विमत्ति भएको द वाल स्ट्रिट जर्नलले उल्लेख गरेको छ । रिपब्लिकनहरु पक्षमा र डेमोक्र्याटिकहरु विपक्षमा उभिएको जनाइएको छ । अरु अमेरिकी सञ्चारमाध्यमले पनि स्रोतलाई उद्धृत गर्दै यस्तै खबर प्रकाशित गरेका छन् ।

जरिवाना सम्बन्धी प्रस्ताव न्याय विभागको सिभिल डिभिजनले अन्तिम रुप दिनु पर्छ । यसका लागि कति समय लाग्छ भन्ने थाहा नरहेको स्रोतलाई उद्धृत गर्दै खबरमा जनाइएको छ । यो जरिवाना सम्बन्धी प्रस्तावले अन्तिम रुपमा पाएमा एफटिसीले कुनै पनि प्रविधि सम्बन्धी कम्पनीलाई लगाएको अहिलेसम्मकै ठूलो जरिवाना हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू