अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४५ | Colorodo: 01:00

पुर्वपश्चिम राजमार्गमा रहेको महोत्तरीको भप्सी पुल भत्कियो, यातायात अवरुद्ध

बिआरटीनेपाल २०७६ असार २७ गते २३:४९ मा प्रकाशित

अविरल बर्षापछिको बाढीका कारण पुर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नगरपालिकामा पर्ने भप्सी पुल भत्केको छ । पुल भत्केपछि राजमार्गमा यातायात सेवा अवरुद्ध बनेको छ । पुलको दुवै छेउमा सवारी साधन अलपत्र छन् ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले पुल बाढीले बगाएको बताउनुभएको छ । पुल भत्केपछि राजमार्ग अवरुद्ध बनेको र आवत जावतका लागि विकल्प के हुनसक्छ भन्ने विषयमा छलफल सुरु गरिएको अधिकारीले जानकारी दिनुभयो । नदीमा अत्यधिक बाढी रहेकाले पूर्वबाट पश्चिम वा पश्चिमबाट पूर्व जान सकिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू