अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४२ | Colorodo: 04:57

लुम्विनी मेडिकल कलेजवाट जन्मिएको ४ घण्टामै शिशु गायब!

बिआरटीनेपाल २०७६ असार २७ गते २३:४० मा प्रकाशित

पाल्पाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजबाट नवजात शिशु चोरी भएको छ । तानसेन नगरपालिका–९ सन्ढापकी २२ वर्षीया जमुना रानाले जन्माएको शिशु ४ घण्टामै अस्पतालबाटै हराएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले अस्पतालबाट शिशुु हराएको खबर आएपछि आफूहरूले खोजी तीव्र पारेको जानकारी दिनुभएको छ ।

घटना भएको १५ घण्टा हुुँदा समेत प्रहरीले बच्चा र शिशु चोरी गर्नेलाई पक्राउ गर्न सकेको छैन । रानाले शुुक्रबार बिहान ११ बजे छोरा जन्माएकी थिइन् । सुत्केरी जमुनाको रेखदेख गर्न उनकी आमासँगै थिइन् । प्रहरीका अनुसार सुत्केरी जमुना अर्धचेत अवस्थामा रहेका बेला उनकी आमा छोरीलाई ज्वानोको झोल ल्याइदिन बच्चा काखमा राखेर मेडिकल कलेजकै क्यान्टिनमा गएकी थिइन् । एकजना अपरिचित महिला सहयोग गर्ने बहानामा सँगै गएको प्रत्यक्षदर्शीले प्रहरीले बताएका छन् । ती अपरिचित महिला को हुुन् ? किन अस्पतालमा आएकी थिइन् ? खुुल्न सकेको छैन ।

सीसीटीभी फुुटेजमा ती महिलाले बच्चा समातेर लैजाँदै गरेको देखिएको प्रहरीले जनाएको छ । अहिले घटनाबारे अनुसन्धान भइरहेको छ । लुम्बिनी मेडिकल कलेजका स्टाफ, स्वयं परिवारको लापरवाहीले यस्तो घटना घटेको प्रहरीको ठम्याइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू