अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३१ | Colorodo: 15:46

राष्ट्रिय चलचित्र पुरस्कार– २०७५,स्वस्तिमा र विपिन उत्कृष्ट नायक/ नायिका, तुलसी घिमिरेलाई दीर्घ साधना सम्मान प्रदान

बिआरटीनेपाल २०७६ असार २७ गते २३:१९ मा प्रकाशित

‘राष्ट्रिय चलचित्र पुरस्कार– २०७५’ मा उत्कृष्ट नायक र नायिका उपाधि स्वस्तिमा खड्का र विपिन कार्कीलाई प्रदान गरिएको छ । स्वस्तिमालाई चलचित्र बुलबुलबाट र विपिन कार्कीलाई चलचित्र प्रसादबाट उत्कृष्ट नायक नायिकाको सम्मान प्रदान गरिएको हो ।

यस्तै ‘चलचित्र दीर्घ साधना सम्मान’ बाट बरिष्ठ निर्देशक तुलसी घिमिरेलाई सम्मान गरिएको छ। उहाँलाई नगद ३ लाख ५१ हजार अनि सम्मानपत्र सहित सम्मान गरिएको हो।

राष्ट्रिय चलचित्र पुरस्कार २०७५  बिभिन्न ११ वटा विधामा प्रदान गरिएको थियो । जसमा उत्कृष्ट चलचित्र ‘गोपी’ रहेको छ भने उत्कृष्ट निर्देशक चलचित्र ‘बुलबुल’ का बिनोद पौडेल घोषित हुनुभएको छ । फिल्म ‘साँइली’ बाट निमेष श्रेष्ठलाई उत्कृष्ट सम्पादन ,उत्कृष्ट छायांकनमा ‘समर लभ’ बाट संजय लामा, उत्कृष्ट लेखनमा ‘गोपी’बाट दिपेन्द्र लामा,उत्कृष्ट पटकथा तथा संवादका लागि सामिप्यराज तिमिल्सिनालाई पुरस्कार प्रदान गरिएको छ ।

जुरी प्रोत्साहन सम्मानबाट चलचित्र‘भोर’ का पूजा कर्ण, चलचित्रको व्यापार, विस्तार तथा प्रवद्र्धन सम्मानतर्फ – ‘छक्का पन्जा ३’ को निर्माण ब्यानर आमा सरस्वती मुभिज पुरस्कृत भएको छ । उत्कृष्ट चलचित्र (आदिवासी, जनजाति, विभिन्न मातृभाषी) तर्फ रिजे नासाँ पुरस्कृत भएको छ ।

विजेता चलचित्रकर्मीलाई नगद २१ हजार र ट्रफी प्रदान गरिएको छ । बिजेतालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रम राष्ट्रपति भवन शित्तल निवासमा आयोजना गरिएको थियो ।

प्रतिक्रिया