अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०२ | Colorodo: 05:17

सप्तकोसीमा पानीको बहाव यस वर्षकै उच्च, खोलिए ३० ढोका

बिआरटीनेपाल २०७६ असार २७ गते २३:०६ मा प्रकाशित

सप्तकोसी नदीमा पानीको बहाव दुई लाख २५ हजार २०५ क्युसेक प्रतिसेकेण्ड पुगेको छ। शनिबार बिहान ८ बजे गरिएको उक्त मापनअनुसार पानीको बहाव यो वर्षकै उच्च हो। पानीको वहाव नरोकिएपछि सप्तकोसीमा ५६ ढोकामध्ये ३० वटा ढोका खुला गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ।

शुक्रबारदेखि नै कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। केही दिनदेखि निरन्तर परेको पानीको कारण कोसी ब्यारेज आसपासका सर्वसाधरणहरु समेत त्रसित भएका छन्। उता सप्तकोसी नदीले चतरामा जलसतहले सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेको बताइएको छ । चतरामा बढेको पानीको बहाव कोसी ब्यारेजसम्म आइपुग्न दुईदेखि तीन घण्टासम्म लाग्ने भएकाले सुनसरी र सप्तरी जिल्लाका नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू