अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१२ | Colorodo: 10:27

अमेरिकामा एयर क्यानडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

बिआरटीनेपाल २०७६ असार २७ गते ८:५३ मा प्रकाशित

मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो

त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको पनि उक्त एयरवेजले जानकारी दिएको छ । उक्त विमानमा २६९ जना यात्रु र १५ जना चालक दलका सदस्य रहेका थिए । उडिरहेको विमान मौसमको खराबीका कारण हल्लिएको बताइएको छ ।

जहाजमा बसिरहेका यात्रुहरुले त्यस समयमा ‘सिटबेल्ट’ नलगाएका र जहाज मौसमका कारण अकस्मात हल्लिन थालेपछि यात्रुहरु जहाजका विभिन्न भागमा ठोक्किन पुगेका थिए । यसैकारण उनीहरु घाइते भएका एयर क्यानाडाले विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको छ । अस्पताल भर्ना भएकामध्ये नौ जना गम्भीर रुपमा घाइते भएको एयरलाइन्सले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू