अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५७ | Colorodo: 03:12

बर्षाका कारण सिंहदरबारको पर्खाल भत्कियो

बिआरटीनेपाल २०७६ असार २७ गते ८:४७ मा प्रकाशित

लगातारको वर्षाले सिहरदरबारको पर्खाल भत्किएको छ । सिंहदरवारको पूर्वी गेट नजिकै पर्खाल भत्किएको हो । सिंहदबारतर्फ भवन निर्माणको लागि जग खन्दा निस्किएको माटो थुपिरिएको र लगातार पानी पर्दा त्यसको चापले पर्खाल भत्किएको अनुमान छ ।

पर्खाल भत्किँदा एक जना घाइते भएको स्थानीयबासीले बताए पनि प्रहरीले घटनाको पुष्टि गरेको छैन । पर्खाल भत्किँदा केहीबेर अनामनगर क्षेत्रको सवारी आवागमन प्रभावित भएको थियो । सुरक्षाकर्मीले डोजरको सहयोगमा सडकमा थुप्रिएको मोटो र इँटा हटाएपछि अवरुद्ध सड्क भने खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू