अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२३ | Colorodo: 12:38

बाढी– पहिरोमा ज्यान गुमाउनेप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त , सरकार उद्धारमा सक्रिय

बिआरटीनेपाल २०७६ असार २७ गते ८:४१ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारदेखिको अविरल वर्षाले आएको बाढी र पहिरोमा परेर ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । शुक्रबार सामाजिक संजाल ट्विटरमा लेख्दै प्रधानमन्त्री ओलीले प्रकोपका कारण भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्नुभएको हो ।

बाढीमा परेकाको उद्दारका लागि सुरक्षाकर्मी परिचालन गरिएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिनुभएको छ । मन्त्रालयहरू पनि पीडितहरूको उद्दारमा सक्रिय रहेको उहाँले ट्विटरमा उल्लेख गर्नुभएको छ ।

सर्लाहीस्थित भारतसँगको सीमाक्षेत्रमा पनि दुवै देशका अधिकारीबीच समन्वय गरेर बाढीको प्रभाव कम गर्ने र वहाब खुलाउने काम भइरहेको प्रधानमन्त्रीले बताउनुभएको छ । प्रधानमन्त्री ओलीले बाढीबाट ४०० परिवार प्रभावित भएका पनि जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू