अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०९ | Colorodo: 04:24

फिफा वरीयतामा नेपाली महिला टोलीको दुई स्थान सुधार

बिआरटीनेपाल २०७६ असार २७ गते ८:३७ मा प्रकाशित

नेपाली राष्ट्रिय महिला राष्ट्रिय टोलीले फिफा वरीयतामा दुई स्थान सुधार गरेको छ । नेपालले फिफाको महिला वरीयतामा दुई स्थान सुधार गरेको हो । शुक्रबार फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो ।

नयाँ वरीयता अनुसार नेपाल १०१ औँ स्थानमा छ । फिफाले सार्वजनिक गरेको अघिल्लो महिनाको वरीयतामा नेपाल १०३ औं स्थानमा रहेको थियो । अघिल्लो महिना पाँच स्थान सुधार गरेको नेपालले यो महिना दुई स्थान सुधार गरेको हो ।

वरीयतामा विश्वकप विजेता अमेरिका शीर्ष स्थानमा छ भने जर्मनी दोस्रो, नेदरल्याण्ड तेस्रो, फ्रान्स चौंथो र इंग्ल्यान्डले पाँचौ स्थान ओगट्न सफल भएका छन् । एसियाको वरीयतामा नेपाल २१ औं स्थानमा छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू