अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२७ | Colorodo: 00:42

रातको समयमा बिर्सेर पनि गर्न नहुने ५ काम

बिआरटीनेपाल २०७६ असार २७ गते ८:३५ मा प्रकाशित

आधुनिक समाज तीब्रगतिमा अगाडि बढिरहेको छ । तपाई हामी आधुनिक समाजमा विभिन्न क्रियाकलापमा सक्रिय रहेका छौं । जुनसुकै काम गर्दा पनि हामीमाथि नकारात्मक सोचले बढी प्रभाव पारेको देखिन्छ । आज हामी तपाईलाई रातको समयमा गर्न नहुने विभिन्न ५ काम वारे जानकारी गराउँदैछौं जसले जीवनमा खुशी ल्याउन अवश्य मद्दत पुग्दछ ।

कपाल खोलेर सुत्नुहुँदैन
रातिको समयमा सुत्दाखेरि कपाल खोलेर सुत्न नहुने मान्यता छ । शास्त्रका अनुसार कपाल खोलेर सुत्दा नकारात्मक उर्जा एकत्रित हुने गर्दछ जसले जीवनमा हानी पुर्याउछ ।

रातिको समयमा चौबाटोमा जान नहुने
रातिको समयमा सडक चौबाटोमा कहिल्यै हिँड्नु हुँदैन । रातिको समयमा चौबाटोमा नकारात्मक उर्जा रहने कारण चौबाटोमा हिँड्न खतरा हुने गर्दछ ।

खराब छवि भएकासँग राति नभेट्नु
रातिका समयमा खराब आचरण भएका मान्छेसँग भेट्दा आफ्नो ब्यक्तित्वमा खराब असर पर्ने गर्छ ।

राति घाटमा जान नहुने
रातिको समयमा श्मशान घाटमा नकारात्मक उर्जा सक्रिय हुने गर्छन् । जसले तपाइँको मानसिक स्थितिमा नकारात्मक प्रभाव पर्ने गर्दछ ।

रातिको समयमा नुहाउन नहुने
रातिको समयमा नुहाएर सुत्न नहुने कथन छ किनकी रातिको समयमा सक्रिय नकारात्मक प्रभाव तपाईप्रति आकर्षित हुन सक्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू