अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४२ | Colorodo: 17:57

अमेरिकामा सन् २०२० को जनगणनामा नागरिकतासम्बन्धी प्रश्न नराखिने

बिआरटीनेपाल २०७६ असार २७ गते ८:३३ मा प्रकाशित

अमेरिकामा आगामी सन् २०२० मा हुने जनगणनामा नागरिकतासम्बन्धी प्रश्न नराखिने भएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले जनगणनाको प्रश्नावलीमा नागरिकतासम्बन्धी प्रश्न राख्ने प्रयास नगर्ने बताउनुभएको छ ।

अदालतको आदेशका कारण जनगणनामा ढिलाइ हुन सक्ने भएकाले त्यसको सट्टा एउटा कार्यकारी आदेशमार्फत् उहाँले सूचना संकलन गर्न अधिकारीहरूलाई निर्देशन दिएको जानकारी दिनुभयो । जनगणनामा नागरिकतासम्बन्धी एउटा प्रश्न समावेश गर्ने योजना सर्वोच्च अदालतले गत जुनमा रोकिदिएपछि त्यसबाट ट्रम्प पछि हट्नुभएको बताईएको छ । उहाँले अमेरिकाको जनसंख्याको नागरिकताको अवस्था निक्र्यौल गर्ने प्रयासबाट भने आफू पछि नहटेको स्पष्ट पार्नुभएको छ ।

राष्ट्रपतिको आदेश अनुसार सरकारी निकायले सबैको नागरिकतासम्बन्धी कागजात उपलब्ध गराउनुपर्ने हुन्छ । ट्रम्पले कार्यकारी आदेशसँगै अमेरिकामा कति नागरिक, अनागरिक र गैरकानुनी मानिसहरू बसिरहेका छन् भन्ने विषयमा वास्तविक रुपमा सूचना पाउन सन् २०२० को जनगणनाबाट सुनिश्चित हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू