अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५४ | Colorodo: 01:09

महिला तथा पुरुष इन्डोर एसिया कपमा भाग लिन नेपाली टोली शनिवार थाइल्याण्ड जाँदै

बिआरटीनेपाल २०७६ असार २७ गते ८:३२ मा प्रकाशित

एसिया हकी फेडेरेसनले आयोजना गर्न लागेको महिला तथा पुरुष इन्डोर एसिया कप २०१९ मा भाग लिनका लागि नेपाली टोली शनिबार थाइल्याण्ड प्रस्थान गर्ने भएको छ। प्रतियोगिता थाइल्याण्डको चोनबुरीमा जुलाइ १५ देखि २१ सम्म हुनेछ । खेलमा ११ वटा पुरुष टीमका र ९ वटा महिला टीमको सहभागीता रहनेछ ।

नेपालकातर्फबाट प्रतियोगितामा १२ महिला र १२ पुरुष खेलाडीले सहभागीता जनाउने छन् भने टोलीमा मनिष झाको नेतृत्व रहने छ। राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले शुक्रवार आयोजित एक कार्यक्रममा थाईल्याण्ड जाने खेलाडीहरूलाई बिदाई गर्नुभएको छ ।

टोलीमा महिला टोलीका प्रशिक्षक रन्जन झा र पुरुष टोलीका प्रशिक्षक बाबुराम नेपाल पनि रहनेछन् । प्रतियोगिता अवधि ७ दिनमा ६० वटा खेल हुनेछन् । यस पटकको भ्रमणको लागि शिखर इन्सुरेन्स, नेपाल भ्रमण वर्ष २०२०, फ्याक्टस नेपाल र नेपाल खेलकुद परिषद्ले आर्थिक सहयोग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू