अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१८ | Colorodo: 16:33

सर्वाेच्चको आदेशपछि तरकारी र फलफूलको विषादी जाँच पुनः शुरू

बिआरटीनेपाल २०७६ असार २७ गते ८:२६ मा प्रकाशित

रूपन्देहीको बेलहिया नाकामा भारतबाट आयातित तरकारी र फलफूलको विषादी जाँच फेरि शुरू भएको छ । सर्वोच्च अदालतले भारतबाट आयातित तरकारी र फलफूलमा विषादी जाँच नरोक्न आदेश दिएपछि सीमा नाकामा फेरि विषादी परीक्षण गर्न थालिएको हो ।

भैरहवा भन्सार कार्यालय रूपन्देहीका सूचना अधिकृत कलीराम पौडेलले बिहीवारदेखि पुनः जाँच थालिएको जानकारी दिनुभयो । तरकारी र फलफूल बोकेका गाडीहरू रोकेर जाँचपछि मात्र छाडिएको छ । भैरहवा नाका हुँदै दैनिक ५०/६० ट्रक नेपाल भित्रिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू