अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२५ | Colorodo: 00:40

मुलुकभर बाढी पहिरोको प्रकोप , सतर्कता अपनाउन सरकारको आग्रह

बिआरटीनेपाल २०७६ असार २७ गते ८:२० मा प्रकाशित

नेपाल सरकार गृह मन्त्रालय मातहतको राष्ट्रिय आपतकालीन कार्यसंचालन केन्द्रले मुलुकभर भारी बर्षा र बाढी पहिरोको संभावना रहेकोले सतर्कता अपनाउन सर्वसाधारणलाई आह्वान गरेको छ । केन्द्रले ८ बँदे सतर्कतासम्बन्धी सुचना जारी गरेको छ ।

मनसुन सुरु भइसकेकाले वर्षा तत्काल रोकिने लक्षण नरहेको उल्लेख गर्दै केन्द्रले खोला नाला नजिक बस्नेलाई सचेत रहन पनि आग्रह गरेको हो ।

मुलुकभर बिहीबारदेखि परेको अविरल वर्षाका कारण पहाडी र हिमाली क्षेत्रमा बाढी पहिरो गइरहेको छ । तराई क्षेत्र डुबानमा परेको छ भने काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न क्षेत्रमा १७ जनाको मृत्यु भइसकेको छ । बेपत्ता हुनेको संख्या १६ पुगेको छ । १३ जना घाइते भएका गृहमन्त्रालयले जानकारी दिएको छ । बेपत्ताहरूको खोजी जारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू