अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३४ | Colorodo: 06:49

चार्जमा राखिएको मोबाइल छुँदा बालकको मृत्यु

बिआरटीनेपाल २०७६ असार २६ गते ८:२५ मा प्रकाशित

झापाको गौरदाहमा करेन्ट लागेर एक बालकको बिहीबार बिहान ज्यान गएको छ । ज्यान गुमाउनेमा मोरङको रतुवामाई नगरपालिका घर भई हाल झापाको गौरा दह नगरपालिका ८ स्थित जुरो पानी दामाबारी मामाघर बस्दै आएका ६ वर्षीय रोशन महतो रहेका छन् ।

प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार कोठाभित्र चार्ज गर्न राखिएको मोबाइल फोन छुँदा उनलाई करेन्ट लागेको हो। भिजेको हातले चार्जमा राखिएको मोबाइल फोन छुँदा घटना घटेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार रतुवामाई १ का गोल्छा महतोका ६ वर्षीय छोरो रोशन मामा संजित महत्तोको घरमै बसेर स्थानीय ज्ञानोदय माविमा कक्षा एलकेजीमा अध्ययनरत थिए ।

इलाका प्रहरी कार्यालय गौरीगञ्जले कानुनी प्रक्रिया पूरा गरी बालकको शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू