अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०३ | Colorodo: 09:18

घुँडा दुख्छ ? कागतीको प्रयोग गर्नुस्

बिआरटीनेपाल २०७६ असार २६ गते ८:१८ मा प्रकाशित

आजकल धेरै मानिसलाई घुँडा दुख्ने समस्या छ । यसका लागि मानिसहरू अनेकथरीका औषधि प्रयोग गर्छन् तैपनि रोग निको हुँदैन । तपाईलाई हामी घुँडा दुखाइ निको पार्ने घरेलु तरिका बताउँदैछौं , जसको प्रयोगले स्वास्थ्यमा गडबडी हुँदैन र पीडाबाट पनि मुक्ति पाइन्छ ।

पीडाबाट छुटकारा पाउनका लागि रोल गरिएको सर्जिकल पट्टी, दुई चम्चा नरिवलको तेल र तीन कागती तया पार्नुपर्ने हुन्छ । अब कागतीको बोक्रा निकालेर त्यसलाई झुरा पारेर हावा नछिर्ने भाँडोमा राख्नुस् । यसमा नरिवलको तेल मिसाएर जारलाई दुई दिनसम्म बन्द गरेर राख्नुस् । दुई दिनपछि यसलाई निकालेपछि पट्टीमा राखेर घुँडामा राम्ररी बाँध्नुस् । अनि रातभरि पीडा भएको ठाउँमा बाँध्नुभयो भने बिहानसम्ममा निको हुन्छ ।

दिनदिनै यो उपचार गर्दा तपाईंको पीडा केही दिनमै गायब हुन्छ । यस अतिरिक्त घुँडा सुन्नियो भने पनि सुन्निएको ठाउँमा कागती घोट्नुस् । निको हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू