अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५५ | Colorodo: 20:10

सङ्गीत–नाट्यका ६ जना साधक पुरस्कृत

बिआरटीनेपाल २०७६ असार २६ गते ८:१७ मा प्रकाशित

नेपाली सङ्गीत तथा नाट्य जगत्का ६ जना स्रष्टा र साधकहरूनेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार– २०७५ प्रदान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन, शीतल निवासमा आयोजित एक विशेष समारोहमा पुरस्कार प्रदान गर्नुभयो ।

पुरस्कार प्राप्त गर्नेमा वरिष्ठ साधकहरू नाट्य विधातर्फ श्यामदास वैष्णव, सङ्गीत विधातर्फ प्रेमध्वज प्रधान, परम्परागत तथा शास्त्रीय सङ्गीत विधातर्फ जगदेव कामत, रङ्गमञ्च विधातर्फ ओममणि शर्मा, नृत्य विधातर्फ हनी श्रेष्ठ र लोकसङ्गीत विधातर्फ प्रेमदेव गिरी रहनुभएको छ । पुरस्कृत व्यक्तिहरुलाई ताम्रपत्र र दोसल्लाका साथ जनही एक लाख एक रुपैयाँ प्रदान गरिएको छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित सो कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीको पनि उपस्थिति रहेको थियो। पुरस्कृत व्यक्तिहरू सबै आ–आफ्नो क्षेत्रमा पाँचदेखि सात दशकसम्म अविच्छिन्न योगदान पुर्याएका साधकहरू हुन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू