अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०४ | Colorodo: 18:19

डा. केसीद्धारा आन्दोलनको चेतावनी

बिआरटीनेपाल २०७६ असार २६ गते ८:०८ मा प्रकाशित

चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा योग्य व्यक्ति ल्याउन माग गर्नुभएको छ । बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गर्दै उहाँले नियुक्ति चित्तबुझ्दो नभए आन्दोलनमा जाने चेतावनी दिनुभएको हो ।

आयोगको उपाध्यक्ष चयनका लागि अवलम्बन गरिएको प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै डा. केसीले जारी प्रक्रिया रोकेर नयाँ प्रक्रिया सुरु गर्न पनि माग गर्नुभएको छ । डा. केसीले ‘माफियामुखी चिकित्सा शिक्षा ऐन’मा आफू सहमत नरहेको भन्दै त्यसविरुद्धको आफ्नो लडाइँ जारी रहेको प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू