अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४३ | Colorodo: 11:58

सरकारविरुद्ध नेविसंघको मसाल जुलुस

बिआरटीनेपाल २०७६ असार २६ गते ८:०६ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले चाबहिलमा मसाल जुलुस निकालेको छ । कांग्रेसप्रति सरकारका अभिव्यक्ति गैरजिम्मेवार भएको, विषादी परीक्षण नगरी तरकारी भित्र्याउन लागिएको भन्दै नेविसंघले मसाल जुलुस निकालेको हो ।

नेविसंघका पूर्वसहमहामन्त्री बलदेव तिमल्सिनाको नेतृत्वमा ओम अस्पताल अगाडिबाट निस्किएको मसाल जुलुस चाबहिल चोकसम्म पुगेको थियो । नेविसंघका पूर्वमहामन्त्री कुन्दन काफ्लेले घोषणा गरेको पूर्व्निर्धा्रित कार्यक्रमअन्तर्गत नै चाबहिलमा मसाल जुलुस निस्किएको हो । उपत्यकाका ११ स्थानमा आज मसाल जुलस निकालेको जनाएको छ । शुक्रबार नेविसंघले सरकारविरुद्ध माइतिघरमा विरोधसभामा गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू