अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०१ | Colorodo: 07:16

भारतीय दूतावासबाट आएको पत्रबारे आफुलाई जानकारी नदिईएकोमा प्रधानमन्त्री ओली रुष्ट

बिआरटीनेपाल २०७६ असार २६ गते ८:०५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आयातीत तरकारी र फलफूलका विषादी जाँचका सम्बन्धमा भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई जानकारी नदिइएकोमा रुष्ट बन्नुभएको छ । यस सम्बन्धमा आवश्यक खोजी गरिने प्रधानमन्त्रीले बताउनुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार आयोजना गरेको ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनः संरचना’ विषयको राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै उहाँले नेपालीको भान्सा शुद्ध र खानेकुरा विषादिरहित हुनुपर्ने उद्देश्यले सरकारले जाँच सुरु गरेको र यो कसैका विरुद्ध नभई नेपालीको खानेकुराका बारेमा मात्र भएको स्पष्ट पार्नुभयो । स्वच्छ, प्रभावकारी, पारदर्शी र सेवामुखी प्रशासन बनाइने उल्लेख गर्दै प्रधानमन्त्रीले जनतालाई आत्मविश्वास जगाउँदै भविष्यप्रतिको आशावादिता देखाएर प्रशासन क्षेत्रले छिटोछरितो रुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

अहिले संघ र प्रदेशबीचमा केही विवाद देखिएको जस्तो लागेको बताउँदै प्रधानमन्त्री ओलीले प्रदेश स्वतन्त्र राष्ट्रको एउटा निकाय रहेकोले संघीय सरकारले नियन्त्रण गर्ने स्पष्ट पार्नुभयो । सुरक्षा, अन्तर्राष्ट्रिय मामिला र आर्थिक स्रोत साधनका विषय संघ सरकार अन्तर्गत हुने व्यवस्था रहेको उहाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू