अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२५ | Colorodo: 03:40

संवैधानिक निकायको काममाथि अवरोध नगरौं – लोक सेवा आयोग अध्यक्ष मैनाली

बिआरटीनेपाल २०७६ असार २५ गते १०:०० मा प्रकाशित

लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले संवैधानिक निकायहरूको काममाथि अवरोध नगर्न सरकार र संसद दुवैलाई सचेत गराउनुभएको छ । अध्यक्ष मैनालीले संविधान अनुसार चल्ने लोक सेवा आयोगलगायतका निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न दिएमात्रै जनप्रतिनिधिमूलक संस्था संसद र सरकार दुवैको कामलाई सघाउ पुर्याउने स्पष्ट पार्नुभयो ।

बुधबार मधेशी आयोगले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मैनालीले संवैधानिक निकायको काम सरकार र संसदलाई नै सहयोग पुर्याउनु रहेकाले उनीहरूको काममाथि अवरोध गर्न नहुने बताउनुभएको हो । स्वतन्त्रतापूर्वक काम गर्न दिएमात्रै लोक सेवा आयोग, अख्तियार, निर्वाचन आयोगलगायतका संवैधानिक निकायहरूले उत्कृष्ट कार्य सम्पादन गर्न सक्ने उहाको भनाई थियो ।

अध्यक्ष मैनालीले संघीय निजामती सेवा ऐन छलफलको क्रममा रहेकाले त्यसमा सबै समुदायको आरक्षणको स्पष्ट व्यवस्था गर्न पनि संघीय संसदको ध्यानाकर्षण गराउनुभयो । नेपालको संविधान समावेशीताका दृष्टिले उत्कृष्ट रहेको उल्लेख गर्दै यसको कार्यान्वयनमा सबै पक्षको ध्यान जानुपर्ने उहाको ठहर थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू