अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०७ | Colorodo: 03:22

संघबाट प्रदेशमा सरुवा हुने प्रहरीको ‘ग्रेड’वृद्धिको व्यवस्था गर्नुपर्ने सुझाव

बिआरटीनेपाल २०७६ असार २५ गते ९:५७ मा प्रकाशित

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे सरोकारवालाहरुसँग थप छलफल गर्ने निर्णय गरेको छ ।

विधेयकबारे सांसदहरुको राय बाझिएपछि बुधबार समितिले अर्कोपटक कानुनविद्हरुसहितसँग थप छलफल गर्ने निर्णय गरेको हो । समितिले यसबारे गृहकार्य गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशनसमेत दिएको छ ।

बैठकमा सांसदहरुले संघ र प्रदेशमा प्रहरीलाई दिइने सेवा–सुविधा समान हुनुपर्ने सुझाव दिएका थिए । समानता नभए विवाद आउने भएकाले सेवा–सुविधा फरक हुन नहुने उनीहरुको धारणा रहेको छ । । बैठकमा सांसदहरु नवराज सिलवाल, रामकृष्ण यादवलगायतले संघबाट प्रदेशमा सरुवा हुने प्रहरीको एक पद बढुवा वा ‘ग्रेड’वृद्धिको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू