अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३३ | Colorodo: 14:48

विषादी परीक्षण नरोक्न सरकारलाई सर्वोच्वको आदेश

बिआरटीनेपाल २०७६ असार २५ गते ९:५५ मा प्रकाशित

सर्वोच्च अदालतले भारत तथा तेस्रो मुलुकबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण नरोक्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले विषादी परीक्षणसम्बन्धी तीनवटा रिटमाथि सुनुवाइ गर्दै सरकारलाई यस्तो आदेश दिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो ।

न्यायाधीश भट्टराईको इजलासले अन्तरिम आदेश दिँदै अहिलेकै अवस्थामा तरकारी तथा फलफूलको विषादी परीक्षण गर्न आदेश दिएको हो । अदालतले सरकारका नाममा भन्सारमा परीक्षणको व्यवस्था गर्न आदेश दिँदै दुवै पक्षलाई असार ३० गते उपस्थित हुन पनि भनेको छ ।

सरकारले असार २ मा बिषादी जाँच गर्न राजपत्रमा प्रकाशित गरेको सूचना भारतीय दवाबमा परेर तत्काल आफूसँग परिक्षण क्षमता नभएको भन्दै असार १८ उल्टाएर सीमामा विषादी परीक्षण रोकेपछि उपभोक्ता हित संरक्षण मञ्च, स्वतन्त्र राष्ट्रिय अभियान र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले यस विषयमा तीनवटा रिट हाल्नुभएको थियो । बिषादी परिक्षण नगर्ने भएपछि सर्बसाधारण उपभोक्ता र प्रतिपक्षबाट समेत सरकारको तिखो आलोचना हुदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू