अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१२ | Colorodo: 07:27

ट्रम्पविरुद्ध तिखो टिप्पणी गरेका बेलायती राजदूतद्धारा पदबाट राजीनामा

बिआरटीनेपाल २०७६ असार २५ गते ९:४६ मा प्रकाशित

बेलायत सरकारलाई पठाएको आफ्नो गोप्य सन्देशमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कलाविहीन र असक्षम भएको भन्दै उहाँको कार्यकालको अपमानजनक ढंगले बीचमै अन्त्य हुनसक्ने टिप्पणी गरेका बेलायती राजदूत किम ड्यारोचले राजीनामा दिनुभएको छ ।

अमेरिकाका लागि बेलायती राजदूत किम ड्यारोचले राष्ट्रपति ट्रम्पको कार्यकालको अपमानजनक ढंगले अन्त्य हुनसक्ने टिप्पणी बेलायत सरकारलाई पठाएका गोप्य सन्देशमा गरेको खुलासा तीन दिनअघि भएको थियो।

राजदूत ड्यारोचको टिप्पणीले आक्रोशित भएका ट्रम्पले उनले बेलायतको राम्रोसँग सेवा नगरेको टिप्पणी गर्नुभएको थियो । राजदूत ड्यारोचको टिप्पणीले अमेरिका र बेलायतबीचको कूटनीतिक सम्बन्धमा तनाव उत्पन्न भएको थियो।

आफ्नो राजीनामा पत्रमा राजदूत ड्यारोचले पछिल्लो परिस्थितिमा मलआफुलाई जिम्मेवारी निरन्तर गर्न कठीन भएको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू