अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१२ | Colorodo: 23:27

आईसीसी एकदिवसीय क्रिकेट, भारत–न्यूजिल्यान्डबीचको खेलमा वर्षा

बिआरटीनेपाल २०७६ असार २४ गते ८:११ मा प्रकाशित

इंग्ल्यान्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको भारत र न्यूजिल्यान्डबीचको पहिलो सेमिफाइनल खेल वर्षाले गर्दा रोकिएको छ । म्यानचेस्टरको ओल्ड ट्राफोडमा वर्षाले खेल रोकिनुपूर्व टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले ४६ ओभर १ बलमा ५ विकेट गुमाएर २११ रन बनाएको छ ।

निकै ढिलो गतिमा खेले पनि पछिल्लो समय सुधारोन्मुख प्रदर्शन गरेको न्यूजिल्यान्डका लागि रोस टेलर ६७ रनमा अविजित छन् । कप्तान केन विलियमसनले ६७ रन जोडे । भारतका जसप्रित बुमराह, युजभेन्द्र चाहाल, रविन्द्र जडेजा, भुवनेश्वर कुमार र हार्दिक पाण्डेयाले एकरएक विकेट लिएका छन् ।

लिग चरणमा पनि यी दुई टोलीबीचको खेल वर्षाले स्थगित भएको थियो । विश्वकप इतिहासमा भारत र न्यूजिल्यान्ड पहिलोपटक सेमिफाइनलमा खेलिरहेका हुन् । विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा बिहीबार अस्ट्रेलियाले आयोजक इंग्ल्यान्डसित खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू