अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३३ | Colorodo: 10:48

क्यानेडियन नागरिक पिटरलाई बाल यौन दुराचारको आरोपमा ९ वर्ष जेल सजाँय

बिआरटीनेपाल २०७६ असार २४ गते ८:०७ मा प्रकाशित

बाल यौन दुराचारको आरोपमा थुनामा रहेका एक क्यानेडियन नागरिकलाई जिल्ला अदालत काभे्रले ९ वर्षको जेल सजाय सुनाएको छ । ६१ वर्षीय क्यानेडियन नागरिक पिटर जोन डालल्गिसलाई ९ वर्षको जेल सजाय सुनाईएको हो ।

विशेष सूचनाको आधारमा २०७४ चैत्र अन्तिम साता काभ्रेपलाञ्चोक, मण्डन देउपुर नगरपालिका १ स्थित चिलकाजी महर्जनको घरबाट पिटर पक्राउ परेका थिए । बन्धक बनाइ राखेका १२ र १४ वर्षका २ नेपाली पीडित बालकलाई समेत प्रहरीले उद्दार गरेको थियो।

नेपाली बालकलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी यौन दुराचार जस्तो अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरी जिल्ला अदालतमा मुद्दा चलाएको थियो। पिटरले नेपालमा पछिल्लो केही वर्षदेखि हिमालय कम्युनिटी फाउन्डेशन नामक संस्था सञ्चालन गरी गरिब तथा विपन्न समुदायलाई शिक्षा र खानेपानीमा सहयोग गर्ने गरेको र ती समुदायका बालकलाई पढाईदिने, बिदेश घुमाईदिने, ठूलो भएपछि जागिर लगाईदिने भन्दै समाजसेवीको आवरणमा स–साना बालकहरूलाई यौन शोषण गर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक(एसपी) दिपक रेग्मीले जानकारी दिनुभएको छ ।

पिटर युद्भ पीडित बालबालिका, कामदार बालबालिका तथा सडक बालबालिकाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरेको, ३ वटा मानार्थ बिध्यावारिधि प्राप्त गरेको, सडक बालक अन्तर्र्रािष्ट्रयको संस्थापक रहेको, युएन ह्याबिटेट अफगानिस्तानमा कन्ट्री रेप्रिजन्टिटिभ रूपमा समेत काम गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू