अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२२ | Colorodo: 20:37

नेपाल बन्यो एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको च्याम्पियन, फाईनलमा हङकङ ६ विकेटले पराजित

बिआरटीनेपाल २०७६ असार २४ गते ८:०१ मा प्रकाशित

नेपालले एसीसी अण्डर नाइन्टिन इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । मलेसियामा आज सम्पन्न प्रतियोगितामा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले प्रतियोगिताको उपाधि जितेको हो । जितसंगै नेपाल युथ नाइन्टिन एसिया कपमा छनोट भएको छ । हङकङले दिएको ९६ रनको लक्ष्य नेपालले मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।

प्रतियोगितामा ओपनर रित गौतमलाई १३ रनमा गुमाएको नेपालको ईनिङ्स पवन सरार्फले उकासेका थिए । पवनले ३६ बलमा ५ चौका र १ छक्काको मदतले ३९ रन बनान सफल भए । खड्ग बहादुर बोहरा ८ रनमा पविलियन फर्किए ।

यसअघि, क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले व्याटिङ गरेको हङकङले ४३ ओभर १ बलमा अलआउट हुँदै ९५ रन बनाएको थियो । खराब सुरुवात गरेको हङकङले रनको खाता नखोल्दै महत्वपूर्ण २ विकेट गुमाएको थियो । तर, आदित गोरावाराले २४ तथा काल्हन चल्लुले १९ रन जोड्दै हङकङको इनिङ्स उकासेका थिए । रौनक कपुरले १२ रन बनाए ।

फाईनलमा हङकङलाई सस्तैमा समेट्न नेपालका सागर ढकालले किफायती बलिङ गरेका थिए । १० ओभरमा ५ मेडनसहित १८ रन खर्चेर सागरले ५ विकेट लिए । यस्तै कमल सिंह ऐरीले ३ विकेट लिए । कुशल मल्ल र तिलक राज भण्डारीको नाममा एक एक विकेट रह्यो ।

उपाधि सहित एसिया कपमा छनोट नेपालले अब टेष्ट मान्यता प्राप्त राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसंग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया