अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४३ | Colorodo: 08:58

कक्षा ११ र १२ मा बृद्धि गरिएको शुल्क वृद्धि खारेज गर्न अनेरास्ववियुको माग

बिआरटीनेपाल २०७६ असार २४ गते ७:५६ मा प्रकाशित

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियुले कक्षा ११ र १२ मा बढाएको शुल्क खारेज गर्न सरकारसँग माग गरेको छ । अनेरास्ववियुले मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाउँदै शुल्क वृद्धि तत्काल खारेज गर्न माग गरेको हो।

मन्त्रालयमा अनेरास्ववियुका कार्यवाहक संयोजक रञ्जित तामाङले बुझाएको ज्ञापनपत्रमा कक्षा १२ सम्म भर्ना भएका विद्यार्थीमध्ये २० प्रतिशतलाई निःशुल्क अध्ययन गर्न पाउने गरी छात्रवृत्तिको व्यवस्था सुनिश्चित गराउन माग गरिएको छ।

सो अवसरमा मन्त्री पोखरेलले विद्यालय तह तथा विश्वविद्यालयमा देखिएको कमजोरीलाई सच्याउँदै अघि बढने प्रतिवद्धता जनाउनुभयो । शैक्षिक संस्थामा देखिएको समस्या समाधानका लागि सरकारले आवश्यक ऐन, कानुनलाई निर्माण गर्दै अघि बढ्ने मन्त्री पोखरेलको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू