अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४० | Colorodo: 21:55

पोखरामा विजयपुर खोलाको डाईभर्सन बाढीले बगायो, चिनियाँ टोलीले मंगलवार (एक दिनमै) डाइभर्सन बनाइदिने

बिआरटीनेपाल २०७६ असार २३ गते १०:०६ मा प्रकाशित

पोखराको लाईफलाईन मानिएको विजयपुर खोलामा निर्मित डाईसर्भन बाढीले बगाएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको आग्रहमा चिनिया टोलीले मंगलबार डाइभर्सन बनाईदिने भएको छ । पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माणमा जुटेका चिनियाँहरुले मुख्यमन्त्रीको आग्रहमा १ दिनमै डाइभर्सन बनाउने भएका हुन्।

आइतबार राति बगेको डाइभर्सन भएकै ठाउँमा अझै बलियो बाटो बनाउन सोमबार रातिदेखि नै सामान झार्न सुरु गरिएको चिनियाँ अधिकारीले बताएका छन् । मुख्यमन्त्रीले सोमबार साँझ विजयपुर पुगी बगेको डाइभर्सनसमेत अवलोकनसहित चिनियाँहरुसँग कुराकानी गर्नुभएको थियो । मुख्यमन्त्री गुरुङले बेलिब्रिज बन्न सोचेभन्दा अझै समय लाग्ने देखिएको हुँदा तुरुन्तातुरुन्तै डाइभर्सन बनाउन आग्रह गरिएको जानकारी दिनुभयो ।

एयरपोर्टको चिनियाँ निर्माण कम्पनीका प्रोजेक्ट कोअर्डिनेटर अभिषेक उलकले मंगलबार एकाबिहानैबाट काम सुरु गर्ने बताउनुभएको छ । मंगलबार साँझसम्म तयार पारिने भनिएको डाइभर्सन टिकाउ पनि हुने उहाको भनाई छ । पृथ्वीराजमार्ग हुँदै मुख्य पोखरा बजार भित्रिने एकमात्र प्रवेशद्वार विजयपुरमा स्टिलब्रिज (पुल) जीर्ण बनेपछि बनाइएको डाइभर्सन बाढीले बगाएको थियो । आइतबार राति वर्षाका कारण खोलामा पानीको बहाब बढेपछि ह्युमपाइम राखी बनाइएको डाइभर्सनले थेग्न नसक्दा बाढीले बगाएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू