अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:११ | Colorodo: 07:26

एसओएस बालग्राम गण्डकी पोखराकी थापालाई ’हेल्मुट कुटिन’ अन्तर्राष्ट्रिय पुरस्कार प्रदान

बिआरटीनेपाल २०७६ असार २३ गते ९:४८ मा प्रकाशित

एसओएस बालग्राम गण्डकी पोखराकी चन्द्रकला थापालाई एसओएस अन्तर्राष्ट्रिय बालग्रामले ‘हेल्मुट कुटिन अन्तर्रा्ष्ट्रिय पुरस्कार २०१९’ प्रदान गरेको छ । आफ्नो ४० वर्षे ’आमा’को कार्यकालमा २२ छोरा र १३ छोरी हुर्काउन सफल थापालाई जुलाई २ मा अष्ट्रियाको राजधानी भियनामा आयोजित एसओएस अन्तर्राष्ट्रिय बालग्राम स्थापनाको ७० औं वार्षिकोत्सवमा उक्त पुरसकार प्रदान गरिएको हो ।

थापासहित सिरियाकी सलाम खालफ पनि उक्त पुरस्कारबाट सम्मानित भएकी छन्। विश्वभरका १ सय ३४ मुलुकका बालग्राममा उत्कृष्ट कार्य गर्ने कर्मचारी, आमा, काकी, सहयोगीलाई पुरस्कृत गर्ने गरि उक्त पुरस्कार सन् २०१४ मा स्थापना गरिएको थियो । पुरस्कृत थापाले आफू २० वर्षको हुँदा बि. सं २०३६ सालबाट एसओएसमा काम गर्न थाल्नुभएको थियो । उहाँ बालग्रामको नेतृत्व तहमा रहनुभएको छ । थापा र खालफलाई पुरस्कृत गर्ने निर्णय सन् २०१९ अप्रिलमा गरिएको थियो । एसओएस बालग्रामले स्थापना सन् १९४९ देखि बाल–संरक्षणको कार्य गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू