अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४२ | Colorodo: 23:57

भारतमा बस दुर्घटना, कम्तीमा २९ जनाको मृत्यु, १८ जना घाईते

बिआरटीनेपाल २०७६ असार २३ गते ९:४४ मा प्रकाशित

भारतको उत्तर प्रदेशस्थित आगरामा बस दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ । लखनउबाट दिल्लीका लागि छुटेको बस यमुना एक्सप्रेस–वेमा नालीमा खस्दा २९ जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य १८ जना घाइते भएका छन् ।

अनियन्त्रित भएर नालीमा बस खस्दा आधा भाग डुबेको प्रहरीले जनाएको छ । बसबाट सबै शव बाहिर निकालिएको र घाइतेलाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ । ज्यान गुमाउनेमा २७ जना वयस्क, एक किशोरी र एक डेढ वर्षीया बालिका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू