अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२९ | Colorodo: 14:44

उद्योग ब्यवसायीको राष्ट्र बैंकलाई सुझाव– स्प्रेडदर ३ प्रतिशतमा झार्नुपर्ने ठहर

बिआरटीनेपाल २०७६ असार २३ गते ९:४३ मा प्रकाशित

उद्योगी व्यवसायीहरुले कर्जा र निक्षेपको व्याजदरको अन्तर तीन प्रतिशत कामय हुनेगरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले कर्जा र निक्षेपको व्याजदरको अन्तर दुई प्रतिशत कायम हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिनुभएको हो ।

सोमबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका सम्बन्धमा काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले भूकम्पले क्षति र्पुयाएका उद्योगहरुलाई अनुदान दिने सरकारको निर्णय कार्यान्वयनमा लैजान पनि नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराउनुभयो ।

नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले मुलुकको आर्थिक विकासका लागि भारतबाट आयात हुने बस्तुहरुको दायरा बढाउने गरी मौद्रिक नीति ल्याउनुपर्ने बताउनुभयो । उद्योगीहरुले उत्पादनशील क्षेत्रमा लगानी बढाउने गरी मौद्रिक नीति ल्याउनुपर्नेमा पनि जोड दिएका थिए ।

प्रतिक्रिया