अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४२ | Colorodo: 16:57

एआइजीलाई प्रदेश प्रहरी प्रमुख बनाउन नेकपा नेता शर्माको प्रस्ताव

बिआरटीनेपाल २०७६ असार २३ गते ९:३७ मा प्रकाशित

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) लाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रस्ताव अघि सार्नुभएको छ । पूर्वगृहमन्त्री समेत रहेका नेता शर्माले प्रदेश प्रहरी प्रमुखलाई पनि प्रहरी महानिरीक्षक बन्न पाउने व्यवस्था गर्न पनि त्यसमा नियुक्ति गर्दा प्रहरी अतिरिक्त महानिरीक्षक नै उपयुक्त हुने तर्क गर्नुभयो ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उहाँले प्रदेशका अन्य प्रहरी दर्जाको नियुक्ति प्रदेश प्रहरीले गर्न पाउनुपर्ने तर्क गर्नुभएको हो । संघीयतामा मुलुक गएकाले प्रमुख बाहेकका प्रदेश प्रहरीको अन्य पदमा नियुक्त गर्ने अधिकार प्रदेश प्रहरीलाई दिन उपयुक्त हुने शर्माको भनाई थियो ।

बैठकमा कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले भने प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायब महानिरीक्षक राख्ने सरकारको प्रस्तावमा सहमति जनाउनुभयो । उहाँले प्रदेश प्रमुख बाहेकका अन्य पदहरूमा भने प्रदेश प्रहरीले नियुक्ति गर्ने कानुनी व्यवस्था गर्न सरकारसंग माग गर्नुभयो । समितिमा पेश गरिएको विधेयकमा भने प्रहरी नायब महानिरीक्षकलाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रावधान राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू