अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४३ | Colorodo: 02:58

राष्ट्रिय सभामा बिनियोजन बिधेयक पारित

बिआरटीनेपाल २०७६ असार २३ गते ९:३५ मा प्रकाशित

राष्ट्रिय सभाको बैठकले बिनियोजन बिधेयक बहुमतले पारित गरेको छ । सरकारले बजेट भाषण मार्फत प्रस्ताव गरेको आगामी आर्थिक वर्षको आय व्यय समेटिएको बिनियोजन बिधेयक आज बसेको राष्ट्रिय सभाको बैठकले बहुमतले पारित गरेको हो ।

सरकारले गएको जेठ १५ गते आगामी आर्थिक वर्ष २०७६/२०७७ को बजेट संघिय संसद्को प्रतिनिधि सभामा प्रस्तुत गरेको थियो। राष्ट्रिय सभाको बैठकमा मन्त्रालयगत छलफलमा सांसदहरुले बजेट सम्बन्धमा राखेका जिज्ञाशाको जवाफ सम्बन्धित मन्त्रीहरुले दिनु भएको थियो।

संसदमा बजेट प्रस्तुत भए लगत्तै राष्ट्रिय सभामा बिपक्षीदलका सांसदहरुले खर्च कटौतीको प्रस्ताव राख्नु भएको थियो। आजको बैठकमा खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत हुँदा बहुमतले अस्वीकृत गरे पछि बिनियोजन बिधेयक पारित गर्न बाटो खुलेको हो।

सरकारले प्रस्तुत गरेको बजेट सम्बन्धि बिनियोजन विधेयकलाई मूल बिधेयक मान्ने गरिन्छ। यो बिधेयक पारित भए पछि सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्छ । यस सँगै सरकारले संसदमा पेश आर्थिक बिधेयक,राष्ट्र ऋण उठाउने बिधेयक ऋण तथा जमानत सम्बन्धि आश्रित बिधेयकहरु पारित भए पछि बजेट पूण रुपमा पारित भएको मनिन्छ । राष्ट्रिय सभाले भोलिको बैठकमा बाँकी आश्रित बिधेयक पारित गर्ने कार्य सूची रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू