अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१३ | Colorodo: 08:28

विषादी परीक्षण गर्नु आफैंमाथि नाकाबन्दी लगाउनुसरह – आपुर्तिमन्त्री यादव

बिआरटीनेपाल २०७६ असार २३ गते ९:३४ मा प्रकाशित

उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले कृषि मन्त्रालयसँग भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने क्षमता नै नभएको जिकिर गर्नुभएको छ । भारतबाट आउने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णय भारतीय दबावमा निर्णय फिर्ता नलिएको भन्दै उहाँले हावाको भरमा नउफ्रिन सांसदहरुलाई आग्रह गर्नुभयो ।

राष्ट्रियसभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको आज जवाफ दिने क्रममा मन्त्री यादवले अहिलेको अवस्थामा विषादी परीक्षण गर्नु आफैंमाथि नाकाबन्दी लगाउनुसरह हुने बताउनुभयो । कृषि मन्त्रालयको क्षमता नहेरी विषादी परीक्षण गर्ने निर्णय गर्नु आफ्नो कमजोरी भएको र मूल्य बृद्धि हुन थालेपछि सरकार पछि हटेको मन्त्री यादवको भनाइ थियो ।

राम्रो काम गर्न खोज्नुलाई कसैले अपराधको रुपमा लिएपनि आफ्नो भन्नु केही नरहेको भन्दै मन्त्री यादवले तिललाई पहाड बनाउन खोजिएको आरोप लगाउनुभयो । विदेशीको अगाडि झुक्ने बानी परेकाहरुले आफुहरुलाई झुक्यो भनेर आरोप लगाइरहेको मन्त्री यादवको जिकिर थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू